नियम ३७
पारिवारिक सम्बन्धको सुदृढीकरण
(१) बाल सुधार गृहले बालबालिकालाई पारिवारिक सम्बन्ध सुदृढीकरणको लागि देहाय बमोजिमको व्यवस्था गर्नु पर्नेछ:-
(क) ८ बालबालिकालाई बाबुआमा, संरक्षक, नातेदार वा साथीभाईसँग प्रत्यक्ष भेटघाटको व्यवस्था,
(ख) आर्थिक कारणले आफ्ना बालबालिकालाई भेटघाट गर्न आउन नसक्ने बालबालिकाका बाबुआमा, संरक्षक वा नातेदारलाई सम्पर्क गरी वर्षको दुईपटक भेटघाटका निमित्त आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था,
(ग) प्रत्येक बालबालिकालाई कम्तीमा हप्पघाको एक पटक टेलिफोन लगायतका सञ्चारका माध्यममार्फत आफ्ना बाबुआमा, संरक्षक, नातेदार वा साथीभाइसँग कुरा गर्ने वा.पत्राचार गर्ने व्यवस्था,
(घ)। बालबालिकालाई निजका परिवारका सदस्यले बाल सुधार गृहको अनुमति लिई कुनै सामग्री वा उपहार दिन चाहेमा र त्यस्तो सामग्रीले सम्बन्धित बालबालिकाको हित हुने भएमा मात्र त्यस्ता सामग्री ग्रहण गर्ने व्यवस्था ।
(२) बाल सुधार गृहले बालबालिकाको परिवारका सदस्य वा नजिकका नातेदार गम्भीर बिरामी भएमा वा मृत्यु भएमा बाल अदालतको अनुमति लिई बिरामी भएको अवस्थामा भेटघाट गर्ने तथा मृत्यु भएको अवस्थामा अन्त्येष्टि संस्कारमा सहभागी हुने अवसर दिनु-पर्नेछ ।
(३) उपनियम. (२) बमोजिम सहभागी हुने अवसर दिँदा प्रोवेशन अधिकारीको सिफारिसमा माथवरको जिम्मा लगाई प्रहरी सुरक्षाकर्मीलाई साथ लगाई पठाउने व्यवस्था गर्नु पर्नेछ ।
(४) बाल: सुधार गृहले कम्तीमा छ महिनासम्मको अवधिका लागि बाल सुधार गृहमा रहेका वा त्यस्तो गृहमा रहनु पर्ने भनी तोकेको अवधिको एक तिहाई समय बाल सुधार गृहमा बिताइसकेका बालबालिकालाई प्रोवेशन अधिकारीको सिफारिसमा अदालतको अनुमतिले हप्ताको केही दिन वा केही समयको लागि बाबुआमा वा घर परिवारमा जाने आउने व्यवस्था गर्न सक्नेछ।